दफा २४
पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुको व्यवस्था गर्ने
(१) परिषद्ले लेखा व्यवसायी वा लेखा प्राविधिज्ञ हुनको लागि चाहिने शैक्षिक स्तर, पाठ्यक्रम र पाठ्यपुस्तक निर्धारण गरी परीक्षा संचालन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको परीक्षाको व्यवस्था गर्दा परिषद्ले आवश्यक देखेमा नेपाल  ……….. भित्रका विश्वविद्यालय तथा अन्य देशका लेखा व्यवसायी संघ, संस्था वा विशेषज्ञको सल्लाह र सहयोग समेत लिन सक्नेछ ।
(३) उपदफा (१) बमोजिमको परीक्षा परिषद्ले आफैं वा स्वदेशी वा विदेशी विश्वविद्यालय वा अन्य संस्थाको सहयोग लिई संचालन गर्न सक्नेछ ।
(४) लेखा व्यवसायी वा लेखा प्राविधिज्ञ सम्बन्धी परीक्षामा सम्मिलित हुन आवश्यक पर्ने योग्यता तोकिए बमोजिम हुनेछ ।
(५) परीक्षा संचालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(६) यस परिच्छेद बमोजिम संस्थाबाट संचालन हुने अध्ययन तथा अध्यापन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।